www.tandavnews.com
Fact ~ In search of truth

नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ : मन्त्री खाण

काठमाडौँ ।
गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्।

श्री कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौँमा आयोजित चैतन्य झाकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिकता भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताए।

वि.स. २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याउन लागिएको उनले बताए।

Batas

नेपाली नागरिकता भएका बाबू आमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन ।

अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबू आमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो गृहमन्त्री खाणले भने।

विधेयकमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही साथीहरूले विधेयकमा भएका भन्दा पनि नभएका विषय सम्प्रेषण गरेको उनको भनाइ थियो ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.