www.tandavnews.com
Fact ~ In search of truth

कोरियन सांसदहरुद् र पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग शिष्टाचार भेटवार्ता

पोखरा।
गणतन्त्र कोरियाको राष्ट्रियसभा सदस्यहरूको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटवार्ताका क्रममा पोखराको फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रिन ट्रन्सपोर्टेसन लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले जानकारी दिए।

टोलीले पोखरामा देखिएको फोहोर व्यवस्थापनको दिगो समाधान तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रर्वद्धन तथा ग्रिन ट्रान्सपोर्टेसनका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन रिङ्ग रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्रयाक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले चासो दिएको छ ।

पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी थिए।

Batas

कोरियन सांसदहरूको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूको चासोका खातिर पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे। साथै उनीहरूलाई पोखराको चिनोका रूपमा सारङ्गी समेत प्रदान गरे। भेटघाटको सहजीकरण पर्यटन व्यवसायी मदन केसीले गरेका थिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.