www.tandavnews.com
Fact ~ In search of truth

तालचोक मिसन असफल भएपछि अर्घौचोक, बोर्डर नजिकबाट समातिए अनिस ‘भेडे’

पोखरा
ताण्डव न्यूज ।

यहि साउन ३ गते बिहान २ः०८ बजे कास्की प्रहरीलाई एटिएम फोड्न प्रयास गरिएको भन्ने सूचना आयो । पोखरा-२७ तालचोकस्थित एनआइसी एशिया बैंकको एटिएम बुथ फोड्ने प्रयास भएकोबारे बैंकको प्रधान कार्यालयबाट सूचना प्राप्त गर्नासाथ बिहान २ः१३ मा प्रहरी पुग्यो । त्यहाँ पुग्दा एटिएम मेसिन फोर्ने प्रयास भएको कन्फर्म भएपछि सिसिटिभीमा कैद हुलियाको आधारमा प्रहरीले खोजतलास सुरु गर्यो ।

यता तालचोकको एटिएम बुथ फोड्ने ब्यक्तिलाई खोज्न लागिपरेको प्रहरीलाई सोही बिहान ६ बजे अर्को बैंकको एटिएम फोडिएको जानकारी आयो । तालचोकबाट नजिकै पोखरा-३० स्थित अर्घौचोकको एनएमबी बैंकको एटिएम मेसिन फोडेर रकम चोरी भएको थियो । प्रहरी पुग्दा एटिएम मेसिन फोडिएको र २ वटा क्यासकेटसहित नगद चोरी भएको देखियो । उक्त क्यासेट बिचारी चौतारामा फेला पर्यो ।

Batas

अनुसन्धानकालागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट संयुक्त अनुसन्धान टोली गठन भयो ।

दुवै घटनास्थलको सिसिटिभी फुटेज नियाल्दा ब्यक्तिको हुलिया एउटै देखिएपछि प्रहरीले अपरेसन सुरु गर्यो । अपरेसनको नाम राखियो ‘अपरेसन एटिएम हाइस्ट’ ।

चोरी भएकै बिहान ३ः१५ बजे प्रहरीले कोलेफाँट अष्ठचोकबाट ग १० प २९६३ नम्बरको मोटरसाइकल र हेल्मेट बरामद गरेको थियो । एटिएम फोड्नेले नै उक्त बाइक प्रयोग गरेको क्लू पाएसँगै प्रहरीले बाइक धनी खोज्न थाल्यो । खोजतलास गर्दा उक्त बाइक तालचोक निवासी बिजय गौतमको भएको थाहा लाग्यो । सोधपुछका क्रममा बिजयले उक्त बाइक सोही राती चोरी भएको प्रहरीलाई जानकारी गराए ।

कालो सर्टको पछाडी अंग्रेजीमा लेखिएको ‘इम्ब्रेस’ , सेतो लेस भएको कन्भर्स जुत्ता र कालो ट्रयाककै आधारमा प्रहरीले खोजतलास तिब्र बनाएको थियो ।

सोही क्रममा प्रहरीले भदौ २ गते नेपाल भारत सिमा नजिक रहेको बेलहियाबाट उक्त हुलिया भएका ब्यक्तिलाई नियन्त्रणमा लियो ।

उनि थिए वर्ष २१ का अनिस तामाङ उर्फ भेडे । तालचोकको एटिएम फोड्ने मिसन सफल नभएपछि उनि अर्घौचोकको मेसिन फोडेर बेलहिया पुगेका थिए ।

नवलपुरस्थित देवचुली नगरपालिका ५ घर भई पोखरा ३० डुँडाकोमुख बस्दै आएकक अनिस शिसुवास्थित एक हार्डवयर पसलमा काम गर्थे । उनको साथबाट १९ हजार नगदसहित, कपडा, मोबाइल लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई चोरी तथा डाँका कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.