www.tandavnews.com
Fact ~ In search of truth

प्रतिष्ठान गण्डकीद्धारा एकल मौलिक तीज गीत प्रतियोगिता

पोखरा।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशद्धारा एकल मौलिक तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ । भदौ ८ गते हुने प्रतियोगिताले मौलिक तीज गीतको संरक्षण गर्ने प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

‘पछिल्लो समय मौलिक तीज गीत प्रतियोगिता हुनै छोडे । संस्थागत रुपमा हामीले यो कदम अघि सारेका छौं,’ उनले भने, ‘२० जना प्रतियोगिले भाग लिनेछन् । प्रतियोगितामा भाग लिने महिला दिदीबहिनीहरुले रातो सारीमा आउनुपर्नेछ ।’

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितीयलाई ७ हजार, तृतीयलाई ५ हजार, सान्त्वाना ३ हजार र उत्कृष्ट गायिकाले एक हजार एकसय रुपैयाँ पाउनेछन् । प्रतियोगिता रुपाहिल दोहोरी साँझ चिप्लेढुंगामा हुने जनाइएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.