www.tandavnews.com
Fact ~ In search of truth

इष्टर्न हाईड्रपावरको आइपिओ खुला

काठमाडौँ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड बीस लाख मूल्य बराबरको छ लाख बीस हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो ।

आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Batas

साथै एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि शेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.