www.tandavnews.com
Fact ~ In search of truth

बन्दको निहुँमा चालक र सहचालकद्वारा टिप्परमा आगो लगाएको खुलासा

दाङ
नेपाल बन्दको मौका छोपेर चालक र सहचालकले नै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक राप्ती गाउँपालिका–८ पिपरी निवासी ३२ वर्षीय अरुण चौधरी र सह–चालक गढवा गाउँपालिका–७ चन्दनपुर निवासी १७ बर्षीय आकाश चौधरीले आफैले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए।

बन्दको मौका छोपेर लाभ उठाउने गरी आफै आगजनी गरेको खुल्यो उनले भने बिमा दाबी गर्न आफैले आगो लगाए । घटना शङ्कास्पद भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

घोराही–लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शङ्कास्पद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

Batas

टिप्पर चालकले पाँच(छ जनाको समूहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए । यता नेकपा माओवादी दाङका  जिल्ला सेक्रेटरी प्रदीप वलिले टिप्पर आगजनीमा आफूहरूको संलग्नता नरहेको बताए । बिहान ५ बजेबाट, बेलुका ५ बजे सम्म बन्द भनेका छौँ । त्यो घटना पाँच बजे अघिको देखिन्छ उनले भने आगजनीमा उत्रिने भन्ने नीति नै छैन ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.