www.tandavnews.com
Fact ~ In search of truth

एमालेमाथि निषेधको राजनीति नगर्न प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरादैँ प्रतिस्पर्धाको राजनीतिलाई अन्यथा नमानी प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुने बताएको भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ओलीले  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग  सम्बन्धी प्रतिनिधिसभामा पेश गरिएको विधेयक, राष्ट्रपतिले सन्देशसहित संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पास गरिएको विषयमा प्रतिपक्ष दलसँग छलफल नभएकोमा ध्यानाकर्षण गराएको उपाध्यक्ष नेम्वाङले जानकारी दिए।

Batas

अध्यक्ष ओलीले जताततै भ्रष्टाचार बढ्दै जाँदा मंहगीले जनता मारमा परेकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने सुझाव दिए।

यसैगरी, अध्यक्ष ओलीले मङ्सिर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीले उठाएको विषयहरूलाई आफूले सकारात्मक रुपमा लिएको र सत्ता गठबन्धनमा पनि त्यसबारे छलफल गर्ने बताएको जानकारी उनले दिए।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको भेटवार्तामा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि सहभागी थिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.