www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा कति परे मिटरब्याजका उजुरी ?

पोखरा
ताण्डव न्यूज ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका मिटिरब्याज पिडितहरुलाई उजुरी दर्ता गराउन आह्वान गरेको थियो । साउन २८ गते सूचना मार्फत मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाणसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन भनिएको थियो ।

सोही अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले पनि साउन ३० गते सूचना जारी गर्दै पिडितहरुलाई भदौ ५ गतेसम्म उजुरीका लागि समय दियो ।

Batas

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दिपक रेग्मीमा अनुसार उक्त मितिसम्म २१ जनाले उजुरी दिएका छन् । उजुरी दिनेमा बढी पोखरा महानगरपालिका बसोबास गर्नेको रहेको उनले बताए । ‘२१ जनाको उजुरी परेको छ । उजुरी परेका मध्ये अधिक पोखरा महानगरपालिका क्षेत्रकै हुनुहुन्छ’, अधिकृत रेग्मीले भने ।

‘सबैभन्दा बढी कतिसम्म रकमको उजुरी परेको छ ?’ भन्ने ताण्डव न्यूजको प्रश्नमा अधिकृत रेग्मी भन्छन्,‘एउटा उजुरीमा ४० लाखको ६ करोडसम्म मागिएको भन्ने उल्लेख छ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.