www.tandavnews.com
Fact ~ In search of truth

फिस्टेलमा नवआगन्तुक विद्यार्थीको स्वागत, राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख सहयाेग

पोखरा।
पोखरा–१७ तल्लो विरौटामा अवस्थित फिस्टेल एकेडेमीले बुधबार कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक समारोहका बिच स्वागत गरेको छ । पोखरा होटल ग्रान्डमा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुको स्वागत गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक चिनु रानाभाटले गरेका थिए ।

कार्यक्रममा बोल्दै डा. महावीर पुनले किताबी पढाइ मात्र भन्दा चुनौतिहरुको सामना गर्दै पढाइलाई सिर्जना र अनुसन्धानमा केन्द्रित गर्न सुझाए । उनले पढ्न सजिलो भए पनि प्रतिस्पर्धात्मक आजको समयमा त्यसलाई व्यवहारमा उतार्न विशेष ध्यान दिनुपर्ने बताए ।

विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले अन्तर्राष्ट्रिय सुविधासहितको प्रगतिशील शिक्षा प्रदान गर्ने आफ्नो ध्येय रहेको र त्यसैअनुरुप आफू लागि परेको जनाए । उनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु. एक लाख सहयोगको घोषणा समेत गरे ।

Batas

सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले केन्द्रलाई सहयोग गरेको थोरै भएपनि यो सहयोग गर्न पाउँदा गौरवबोध भएको विचार राखे । विद्यालयका प्रिन्सिपल डा.त्रिद्वीभ उपाध्यायले स्वागत मन्तव्य राखेका थिए ।

कक्षा १२ का विद्यार्थीहरु श्रेया गौतम र रचना गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने नवआगन्तुक विद्यार्थीहरुको तर्फबाट कक्षा ११ विज्ञान संकायमा भर्ना भएकी छात्रा स्नेहा तिमल्सिनाले फिस्टेल रोजाइले आफूहरुलाई थप उत्साहित बनाएको र लक्ष्य प्राप्तिमा सहज हुने कुरामा विश्वस्त रहेको जनाइन् ।

विभिन्न साँस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिभा प्रदर्शनमा नव आगन्तुक विद्यार्थीहरुमध्येबाट छात्रातर्फ विद्या र छात्रतर्फ निबोध उत्कृष्ट भए । उनीहरुलाई विद्यालयकी सह संस्थापक अन्जु बस्नेत रानाभाट र +२ संयोजक गीताञ्जली राठौरले ताज, ट्रफी प्रदान गरेकी थिइन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.