www.tandavnews.com
Fact ~ In search of truth

एमाले केन्द्रीय समिति बैठक आजबाट

काठमाडौँ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्य विभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र . समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

Batas

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार केन्द्रीय कमिटी बैठकका ११ वटा एजेण्डा निम्न अनुसार छन् :

१.अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
११. समसामयिक प्रस्ताव

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.