www.tandavnews.com
Fact ~ In search of truth

पोखरा दोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा पुनः जीवन गुरुङ

पाेखरा।
पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा पुनः जीवन गुरुङ चयन भएका छन् । तेस्रो जिल्ला अधिवेशनबाट गुरुङ पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा विरेन्द्र केसीले बाजी मारे । उपाध्यक्षमा उम्मेदवारी दिएका अमृत गुरुङलाई दुई मतअन्तरले पराजित गर्दै केसीले बाजी मारेका हुन् । केसीले १४ मत प्राप्त गर्दा गुरुङले १२ मत प्राप्त गरें । अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

जसअनुसार सचिवमा दिल कुमारी मोक्तान, कोषाध्यक्षमा विष्णु बहादुर गुरुङ र सह–सचिवमा सन्जु थापा मगर चयन भए । सदस्यमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिननेश केसी र दिप्सन गुरुङ छानिए । संघमा पोखरामा रहेका २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध रहेका छन् ।

Batas

अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भए पश्चात अध्यक्ष गुरुङले आफुले सबैभन्दा पहिला कलाकार मात्र नभएर दोहोरी रेष्टुरेन्टमा काम गर्ने सबै कर्मचारीको लागि कल्याणकारी कोष स्थापना गर्ने बताए । ‘स्टेजमा काम गर्ने कलाकारको लागि कल्याणकारी कोष सञ्चालनमा छन् तर अन्य कर्मचारीको लागि थिएन अब सबै कर्मचारीको लागि कल्याणकारी कोष स्थापना गर्छु’ उनले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.