www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ–मुग्लिन सडक आठ घण्टा पछि सञ्चालनमा

चितवन ।
पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरु पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.