www.tandavnews.com
Fact ~ In search of truth

राजनितिलाई आर्थिक मुद्धामा जोड्न मेरो उम्मेदवारिः लेखा ब्यवसायी पोखरेल

 पोखरा।
नेपाली काँग्रेसका युवा नेता तथा लेखा ब्यवसायी पदम बन्धु पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभा तर्फ आवेदन दर्ता गरेका छन् । पोखरेलले सोमबार स्याङजा क्षेत्र नम्बर १ (ख) काे प्रत्यक्ष तर्फ आवेदन दर्ता गरेका हुन् ।

पोखरेलले अबको युग आर्थिक समृद्धिको युग रहेको र राजनितिलाई आर्थिक मुद्धामा जोड्नु पर्ने बताए । “अबको युग आर्थिक समृद्धिको हो । राजनितिलाई आर्थिक मुद्धामा जोडनु पर्नेछ । अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन नवप्रर्बतनमा धेरै काम गर्नु पर्नेछ । यसका लागि अर्थतन्त्र बुभ्ने ब्यक्ति चाहिन्छ । यस मानेमा म योग्य ब्यक्ति हो भन्नेमा विश्वस्त छु ।” उनले भने ।

स्थानिय सम्भावना र सामथ्र्यलाई नजोडि रुपान्तरण सम्भव नरहेको बताउदै उनले भने,“थिंक ग्लोबल्ली, एक्ट लोकल्ली मूल मन्त्र हुनु पर्दछ । स्थानिय सम्भावना र सामथ्र्यलाई नजोडि रुपान्तरण सम्भव छैन ।”  पोखरेलले राजनिति ठिक ढाँचाबाट नचलेको र यसलाई बदल्न जरुरी रहेको बताएका छन् ।

Batas

प्रजातान्त्रिक ब्यबसायी संघ गण्डकीकाे कार्य समिति सदस्य समेत रहेका उनले जनताको पक्षमा निस्वार्थ र सार्थक कार्य गर्ने सँस्कृति हराउदै गएको बताए । शिक्षा, स्वास्थ्य र रोजगारि अभिवृद्धि नगरि जनताको जीवनस्तरमा परिवर्तन गर्न नसकिने उनको धारणा छ । “शिक्षा, स्वास्थ्य र रोजगारि अभिवृद्धि नगरि राष्ट्रिय पूँजिको निमार्ण र जनताको जीवनस्तर परिर्वतन गर्न सकिदैन । तसर्थ यि तमाम समस्याको समाधान मेरो ध्येय हो । म सबै कुरा ब्यवस्थापन गरेर सेवा भावनाका साथ राजनितिममा कृयाशील छु ।” पोखरेलले भने ।

लेखा ब्यवसायी रहेका पोखरेल लामो समयदेखि काँग्रेस भित्र आन्तरिक शुद्धिकरण आवश्यक रहेको बताउदै आएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.