www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

पोखरा।
गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता “माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०७९” आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको तत्वाधन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघ, कास्कीको आयोजनामा भदौ ३० गतेदेखि असोज १ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा–२ भुर्जुङखोलामा हुनेछ । माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनका अनुसार प्रतियोगितामा गितामा प्रथम टिमले २ लाख रुपैयाँ, द्धितीय १ लाख २० हजार, सेमिफाइनल उपविजेता (दुई टिमलाई) ३०/३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

विधागत उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन् । टिम दर्ता शूल्क ५ हजार रुपैयाँ लाग्नेछ । उनले प्रतियोगितामा २० हजार अनुमानित दर्शकको अपेक्षा गरेका जानकारी दिए । उनले प्रतियोगिता सञ्चालन गर्नको लागि ११ लाख रुपैयाँ आम्दानी र सोही अनुरुप खर्च हुने बताए ।

Batas

३ दिनसम्म चल्ने कार्यक्रममा भलिवल प्रतियोगिताको अलावा साँस्कृतिक एवंम हाँस्य र मनोरन्जनात्मक कार्यक्रम समेत रहने पुनले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्नको लागि माछापुच्छ्रे गाउँपालिकाको मुख्य सहयोग रहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.