www.tandavnews.com
Fact ~ In search of truth

संघलाई सम्मानित र व्यवसायीलाई समुन्नत बनाउनेछौ : केसी

पोखरा।
पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा देवेन्द्र केसीले उम्मेदवारी दिएका छन् । उनी अर्जुन पोखरेलको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षबाट चुनावी मैदानमा उत्रदैछन् ।

संघमा ४ वर्षसम्म कार्यसमितिमा रहेर काम गरिसकेको अनुभवबाट उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ । ‘आगमी हुने उद्योग वाणिज्य संघको अधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ,’ केसीले भने, ‘संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यवसायीहरुको साथ र सहयोग प्राप्त हुनेमा म विश्वस्त छु । निर्वाचन जित्नेमा म र हाम्रो टिम आशावादी छ ।’ उनले आफ्नो प्यानल सशक्त र नयाँ जुझारु रहेको प्रतिक्रिया दिए ।

उम्मेद्वारसहितको टोली यतिखेर व्यवसायीसँग भेटेर भोट दिन आग्रह गरिरहेका छन् । केसीले आफ्नो समूहले जिते उद्योग वाणिज्य संघ थप परिस्कृत गर्नका लागि लाग्ने प्रतिवद्धता गरे । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामीभित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’ उनले संघको नेतृत्व मात्र नभएर उद्यमशिलता, सिर्जनशीलता एवं आर्थिक समुन्नतीको नविनतम सपना बोकेको बताए ।

Batas

केसी ग्रुपका अध्यक्ष देवेन्द्रले संघको कार्यसमितिमा २ कार्यकाल काम गरिसकेका छन् । केसी ग्रुप अन्तर्गत कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी सञ्चालनमा छन् ।

केसीले प्रत्यक्ष रुपमा २ सय जनालाई रोजगारी प्रदान गर्न सफल छन् । उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने र संघको गरिमालाई थप उच्च बनाउन आफूले योगदान पुर्याउने उनको प्रतिबद्धता छ ।
यही भदौ २४ र २५ गते हुने संघको अधिवेशनमा हुँदैछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.