www.tandavnews.com
Fact ~ In search of truth

अब्बल अर्जुन : जित्ने आधारहरु के के हुन् ?

पोखरा ।

नजिकिएको पोखरा उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर पोखराका व्यवसायी उत्सुक देखिन्छन् । आ आफ्ना प्रतिबद्धता पेश गर्दै मतदाता रिझाउन कस्सिएका छन् उम्मेदवारहरु ।

यहि भदौ २४ र २५ गते हुने निर्वाचनका लागि २ प्यानल दौडिरहेका छन् ।

Batas

जसमध्ये अर्जुन पोखरेल प्यानल पनि मतदाताहरुको प्रतिक्रिया लिन व्यस्त छ । उद्योग वाणिज्य संघलाई साझा घर बनाउने उद्घोषसहित पोखरेल प्यानल चुनावी मैदानमा छ ।

को हुन् अध्यक्ष पदका उम्मेदवार पोखरेल ?

अर्जुन पोखरेल पोखरेली व्यवसायी हुन् । पोखरा २१ मट्टीखानमा जन्मिएका पोखरेल हाल पोखरा १७ बस्दै आएका छन् ।

मट्टीखान माउण्टेन भ्यू रिसोर्टका सञ्चालक पोखरेल ओमना टुर्स एण्ड ट्राभल्स, शंकर पेपर वर्कस प्रा.लि, संस्कार ट्रेडर्स, ए.एन.एस रियल स्टेट प्रा.लि र सिद्धार्थ बैकका पनि सञ्चालक हुन् ।

व्यवसायिक यात्रामा सफल अर्जुनको सामाजिक संलग्नता पनि उत्तिकै दरिलो छ । उनि युवा उद्यमी मञ्च पोखरा, होटल संघ पोखरा, पश्मिाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन, नाट्टा गण्डकी र गण्डकी प्रदेश उद्योग संघका सदस्य हुन् ।

गण्डकी जग्गा तथा आवास संघका अध्यक्ष पोखरेल बिरौटा क्लब र डेभिजफल क्लबका सल्लाहाकार समेत हुन् ।

व्यवसायसँगै सामाजिक कार्यहरुलाई उनले निरन्तरता दिइरहेका छन् ।

उद्योग वाणिज्य संघको यात्रा

उद्योग वाणिज्य संघमा पोखरेलको यात्रा झण्डै दशक पुगिसकेको छ । २०७१/७३मा सदस्य, २०७३/०७५मा उप महासचिव, २०७५/०७७मा उपमहासचिव भएका पोखरेल २०७७/०७९मा उपाध्यक्ष भएर काम गरे ।

सदस्य हुँदै उपाध्यक्ष भएर काम गरेको अुनभव, व्यवसायिमाझ दरिलो उपस्थिती, गुनासोहरुको छरितो सम्बोधन र प्रतिबद्धताप्रति अडिग रहने विश्वासकै कारण जित्ने आधार बलियो रहेको उनको भनाई छ ।

‘मेरो ध्येयः सम्मानित संघ, समुन्नत व्यवसाय’ नारासहित अघि बढेका पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको ‘साझा घर’ बनाउने घोषणा गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनमा उपयोग गर्नुपर्ने र जहाँ २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय बनाउने घोषणापत्रमा उल्लेख गरेका छन् ।

उनले पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले पोखराको अर्थतन्त्र पर्यटनका लागि अपरिहार्य भन्दै पोखरा उद्योग वाणिज्य संघले पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न र नयारा पर्यटनलाइ आकर्षित गर्न क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थालको सन्चालनलाई माध्यम बनाएर पोखरालई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् ।

आफु निर्वाचित भए उनले पोखरा उद्योग वाणिज्य संघले अन्य देशका चेम्बर अफ कमर्शसँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्त उम्मेदवार हुन् ।

यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधी लौडारी रहेका छन् ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.