www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस

पर्वत।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस बनेका छन् । नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैटाैँ बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।

राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए।

अध्यक्ष तिमिल्सिनासँगै एमाले पर्वतले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईं, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदम गिरी र संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालको नाम सिफारिस गरेको छ ।

Batas

प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समिति पर्वतका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिस गरी पठाइएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.