www.tandavnews.com
Fact ~ In search of truth

१७ बुंदे घोषणापत्र अक्षरस कार्यान्वयन हुन्छः पवनकुमार प्रजापति समूह

पोखरा।

पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो प्रतिबद्धता सुनाएका हुन् । परिचय कार्यक्रममा उनीहरुले संघको गरिमा र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव लाग्ने भन्दै आफ्नो समूहको पक्षमा मत मागेका थिए ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले १७ बुंदे घोषणापत्रमा उल्लेख सबै प्रतिबद्धताहरु अक्षरस कार्यान्वयन गर्ने बताए । ‘म महासंघमा लामो समयदेखि विभिन्न पदमा रहेर काम गर्दै आएको छु । र उद्योगी व्यवसायीहरुको समस्याप्रति मैले यसअगाडि पनि गम्भिर भएर काम गर्ने गरेको छु । यो पटक मैले अध्यक्षमा उम्मेदवारी दिईरहँदा अझै बढि जिम्मेवार भएर उद्योगी व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ प्रजापतिले भने ‘सबै उद्योगी व्यवसायीहरुलाई म लगाएत मेरो टिममा रहेका पदाधिकारी र सदस्यहरुलाई मत दिएर जिताउन अनुरोध पनि गर्दछु ।

Batas

त्यस्तै वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोकर्ण कार्कीले सबैभन्दा उपयुक्त नेतृत्वलाई आफूहरुले समर्थन गरेर प्यानल बनाएको उल्लेख गर्दै समूहमा रहेका सबैजना संघका लागि आवश्यक र सक्षम व्यक्ति भएको दाबी गरे । उपाध्यक्ष उद्योग तर्फका उम्मेदवार हिरामणी पण्डितले संघका लागि सोँच्ने र काम गर्ने नेतृत्वसहितको समूहलाई रोज्न मतदाताहरुसमक्ष आग्रह गरे । वाणिज्यतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्यले संघको समुन्नत विकासका लागि पवनकुमार प्रजापति समूह नै सबैभन्दा उत्कृष्ट समूह भएको बताए ।

प्रजापति प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका बलराम आचार्यले संघको गरिमा कायम गरि आर्थिक स्रोत बढाउन आफूहरुलाई जिताउन आग्रह गरेका थिए । त्यस्तै कोषाध्यक्ष पदका उमेदवार दिनेशचन्द्र बाँस्तोलाले संघको आर्थिक स्रोत विकासमा आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता सुनाए । उपमहासचिव पदमा उम्मेदवारी दिएकी शोभा गौतमले संघलाई समानुपातिक र व्यवस्थित गराउन आफूहरुले उम्मेदवारी दिएको बताईन् ।

पवनकुमार प्रजापति समूहबाट सदस्य पदका लागि उम्मेदवारी दिएका प्रभा सुवेदी, बालकृष्ण कोईराला, बिनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललितबहादुर कुँवर, सुदीप ओझा र सुदीप प्रधानांगले आ आफ्ना प्रतिबद्धताहरु सुनाएका थिए । प्रजापति समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका सुदीप ओझाले भने आफू आइटी क्षेत्रको व्यवसायी भएकोले संघलाई प्रविधिमैत्री बनाउन आफूले भुमिका खेल्ने बताए ।

भदौको २४ र २४ गते पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापति समूहलाई अधिकांश उद्योगी व्यवसायीहरुले समर्थन जनाएको चुनाव प्रसार सचिवालयले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.