www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सिडियो जयनारायण आचार्यको सरुवा

पोखरा ।
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडियो) जयनारायण आचार्यको सरुवा भएको छ । गृह मन्त्रालयद्वारा दर्जन बढी सिडियोको सरुवा गर्नेक्रममा कास्कीका आचार्यको पनि सरुवा गरिएको हो ।

प्रजिअ आचार्यको ललितपुरमा सरुवा गरिएको बताइएको छ । आचार्यको स्थानमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी आउने भएका छन् ।

यसैगरी काठमाडौँका प्रजिअ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा राखिएको छ भने जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ ।

Batas

यसैगरी संखुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई संखुुवासभामा सरुवा गरिएको बताइएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.