www.tandavnews.com
Fact ~ In search of truth

प्रजापति समूहको प्रचारप्रसार अन्तिम चरणमा, मत आफ्नै पक्षमा आउने दाबी

पोखरा।

पवनकुमार प्रजापति र उनको समूहले घरदैलोलाई अन्तिम चरणमा पुर्याएको छ । सम्पूर्ण उद्योगी र व्यवसायीहरुको फर्म रहेकै ठाऊँमा पुगेर आफ्नो पक्षमा मत मागिसकेको यो समूहले प्रचारप्रसारको अन्तिम रणनीति अनुरुप संघमा आबद्ध बस्तुगत संघसंस्थाहरुलाई संस्थागत रुपमा भेट समेत गरिरहेको छ । त्यो बाहेक संघलाई नेतृत्व दिईसकेका पुर्व अध्यक्षहरुसँग भेट्ने कार्यक्रमलाई पनि समूहले तिव्रता दिएको छ ।

‘हामीले करिब शतप्रतिशत उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेटेर चुनावमा हाम्रो पक्षमा मत मागिसकेका छौँ । र, पुनः दोहोर्याएर पनि मागिरहेकै छौँ । संघमा रहेर उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने अभिलाषासहित म र मेरो टिम चुनावी मैदानमा आएको हो ।’ पवनकुमार प्रजापतिले भने ‘हाम्रो सबै अवधारणा र कार्ययोजना उद्योगी व्यवसायीहरुसमक्ष सार्वजनिक गरिसकेका छौँ । शायद यो पटक संघमा आबद्ध मतदाताहरुले मेरो नेतृत्वलाई सहर्ष रुपमा स्विकार्नुहुनेछ ।’ अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले आफू क्रमैसंग उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्दै आएको र अहिलेको नेतृत्वका लागि सबैभन्दा उपयुक्त पात्र भएकोले पनि मतदाताहरुको ठुलो समर्थन जुटिरहेको बताए ।

Batas

त्यस्तै आफ्नो पक्षमा संघका पुर्वअध्यक्षहरुले पनि माहौल बनाईरहेको प्रजापतिले दाबी गरे । ‘सबै हिसाबले मेरो नेतृत्व यो पटकको उद्योग वाणिज्य संघमा आउन योग्य छ भन्ने मेरो बुझाई हो । र, चुनावी प्रसारको क्रममा अहिलेसम्म पाएका प्रतिक्रियाहरुले पनि मेरो बुझाईलाई बल दिएको छ ।’ पवनकुमार प्रजापतिले भने ‘नेतृत्वमा आउनु मात्रै मेरो रहर होईन, म त नेतृत्वमा आएर समस्यामा रहेका उद्योगी व्यवसायीहरुलाई समाधानको बाटो पहिल्याउन आउन लागेको हुँ । नेतृत्वमा आएर काम गर्ने मेरो दृढ ईच्छाशक्ति, जोश, जाँगर र यसअघिको अनुभवले मलाई डोर्याएर यहाँसम्म ल्याएका हुन् ।

पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । प्यानल नै निर्माण गरेर अध्यक्षको प्रत्यासीको रुपमा पवनकुमार प्रजापति चुनावी मैदानमा छन् । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् । प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.