www.tandavnews.com
Fact ~ In search of truth

टिकटक भाइरल श्याम क्षेत्री को पहिलो गीत ‘पोखरेलि ठिटो’को चर्चा

आशिष पुरी
पोखरा, ताण्डव न्यूज ।

टिकटक चलाउनेहरका लागि श्याम क्षेत्री चर्चित नाम हो । टिकटकमा ३ लाख बढी फ्लोर भएका क्षेत्रीले अरुका गीतलाई परिमार्जन गरेर थुप्रै भिडियो पोस्टाउने गर्थे । उनै क्षेत्रीको आवाजमा रहेको गीत यतिखेर बजारमा छ । ‘पोखरेली ठिटो’ नामक मौलिक रत्तयौली गीतलाई प्रकाश पराजुलीले भाका र शब्द कोरेका हुन् । गायक क्षेत्रीलाइ पछिल्लो समयकी चर्चित गायिका रिना केसीले महिला आवाजमा साथ दिएकी छन् ।

कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडलद्धय लोमस शर्मा र रुविना अधिकारीले कम्मर मर्काएका छन् । शिवसरन न्यौपानले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियो पोखराका आसपासका रमणिय दृश्यलाई कैद गरिएको छ ।

Batas

उक्त गीत श्याम क्षेत्री युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको उक्त गीत टिकटकमा निकै भाइरल भएको छ । पहिलो गीतमा धेरै नै आशावादी रहेको क्षेत्रीले सुनाए । ‘टिकटकमा मलाइ धेरैले माया गर्नुभयो । मेरो पहिलो गीतलाई पनि उत्तिकै माया गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.