www.tandavnews.com
Fact ~ In search of truth

‘अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त स्वास्थ्य र पुनर्स्थापनाका लागि सबै निकायको सहकार्य आवश्यक’

प्रदेश नीति तथा योजना आयोग गण्डकीका निमित्त सचिव डिल्लीराम सिग्देलले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनर्स्थापना सेवालाई नतिजा मुखि बनाउन सरकारी निकायमा काम गर्नेहरुको ईमान्दारीताको खाचोँ औल्याएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको ‘अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त स्वास्थ्य र पुनर्स्थापना सेवामा सरोकारवाला निकायहरुको भुमिका’ बिषयक कार्यक्रममा बोल्दै निमित्त सचिव सिग्दे लले केहि प्रव्धनहरु असहज भएपनि इमान्दारीको साथ काम गरे समस्या नहुने बताउदै अपाङ्गताको क्षेत्रमा रिजल्ट आउने गरी काम गर्न तीनै तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले बाहीर मिठा कुरा गर्ने तर अपाङ्गता भएका व्यक्तिहरु आउँदा लुक्ने प्रबृतिको अन्त्य गरी अपाङ्गताको सवालमा काम गर्न सरकारी निकायका प्रतिनिधीहरु इमान्दार हुन जरुरी हुने कुरामा सोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ग०डकीका सचिव श्रीराम तिवारीले गत वर्ष देखि गण्डकी प्रदेस सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागी लागू गरेको स्वास्थ्य बिमा यस आर्थिक वर्ष पनि निरन्तरता हुने जनाउँदै हरियो खर्क अस्पताल मार्फत स्पाइनल इन्जुरी एवं बौद्दिक अपाङ्गता भएका बिरामीहरुको पुनर्स्थापना साथै इन्जुरी भएका बिरामीहरुलाई ह्वीलचेयर वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसँग आवश्यक समन्वय गरिने प्रतिबद्धता ब्यक्त गरे।

Batas

प्रदेश स्वास्थ्य तालिम केन्द्रको तर्फबाट पब्लिक हेल्थ अफिसर ठग बहादुर गुरुङले कम्प्रीह्यान्सीब रिह्याबीलीटेसन सर्भिस आफ्नो लागी नयाँ अवधारणा भएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, प्रतिकात्मक सेवा प्रवाहा, र रेफरल सेवाको लागी आवश्यक रहेका तालिमहरु सञ्चालनको लागी मन्त्रालय र निर्देशनालयले समयमा कार्यक्रमको खाका बनाएर पठाउन जरुरी रहेको कुरा ब्यक्त बताए ।

स्वास्थ्य कार्यालय कास्कीकी पब्लिक हेल्थ नर्सिङ अधिकृत सम्झना ढुङ्गानाले उपचारात्मक सेवा र पुनर्स्थापना सेवा प्रभावकारी बनाउनको लागी प्रभावकारी कार्यविधीहरु निर्माण गर्ने कुरामा जोड दिइन्।अपाङ्गता नभएका व्यक्तिहरुले जती सहज रुपमा सेवा लिन सक्छन्, अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिन त्यति नै सहज नभएको र सेवा लिन सक्ने वातावरण तयार गर्नु जरुरी रहेको बताइन् ।

अपाङ्गता पहिचान गर्ने सम्वन्धमा संरचना कमजोर भएको कारण यकिन तथ्याङ्क नआएको जनाउँदै हरियो खर्क अस्पतालका निर्देशक अरुण बुढाले स्वास्थ्यको क्षेत्रमा सामान्य बिषयहरुमा डराएर काम गर्ने तर अपाङ्गताको सवालमा कम चासो र प्रथामिकता दिने प्रवृत्तिले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धि पुनर्स्थापनामा काम कम भएको जनाए ।

राष्ट्रिय अपाङ्ग महासंघका सचिवालय सदस्य हेम गरुङ्गले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्वन्धी पुनर्स्थापना सेवाको आवश्इकता, प्रदेश सरकारको भुमिका र अब्को योजना तथा पुनर्स्थापनाको सेवालाई जनस्वास्थ्यको अभिन्न मुद्दा बनाएर सरकारी,गैर(सरकारी र निजि क्षेत्र संगको सहकार्य कसरि गर्ने भन्ने सम्वन्धमा प्रस्तुतिकरण  गरेका थिए ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश क्षय, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन केन्द्रका अधिकृत लक्ष्मण बसौलाले प्रदेश तहमा अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनर्स्थापना सेवाको लागी बिनियोजित बजेट, कार्यकर्महरुको कार्यन्वयनको अवस्था, चुनौती र अवसरहरु सम्वन्धमा प्रस्तुतीकरण गरेका थिए ।

राष्ट्रिय अपाङ्ग मसहासंघ नेपाल गण्डकी प्रदेशको प्रदेश परियोजना अधिकृत सुर्य प्रसाद भट्टराईले पुनर्स्थापना सम्बन्धि धारणाहरु, स्वास्थ्यसँग सम्बन्धि पुनर्स्थापना सेवामा देखिएका चुनौतिहरुका बिषयमा प्रस्तुतीकरण दिएका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.