www.tandavnews.com
Fact ~ In search of truth

ली चान्शु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं ।
नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष लि चान्सुले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता गरेका छन्। संघीय संसद् भवन नयाँ वानेश्वरमा मङ्गलवार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा अध्यक्ष लीले नेपाल र चीन बीच रहेको सुमधुर सम्बन्धको चर्चा गर्दै नेपाल चीनको एक असल छिमेकी रहेको बताए। भेटवार्तामा एमाले अध्यक्ष ओलीले लीको नेपाल भ्रमण सफल र फलदायी हुने विश्वास व्यक्त गरे।

अध्यक्ष लिले यस अघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगरेका थिए ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.