www.tandavnews.com
Fact ~ In search of truth

भाइरल ज्वरोका बिरामी बढेपछि तीन दिन विद्यालय बन्द

बागलुङ ।
बागलुङको गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

रिघामा ज्वरो आउने, रुघाखोकी, तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेकोले गलकोट– ११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनको लागि बन्द गरिएको प्रधानाध्यापक हर्कबहादुर बिकले जानकारी दिए।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसितभएपछि विद्यालय बन्द गरिएको उनको भनाई छ । गतहप्ता केही विद्यार्थी र शिक्षक मात्रै बिरामी भए पनि आइतबार २४ जना विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको बिकले बताए।

Batas

साबिक रिघा गाविसको वडा नं‍. १,२, र ४ वडामा बढी र वडा नम्बर ५ का केहीमा पनि संक्रमण देखिएको रिघा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताइन्। उनका अनुसार अहिले बिरामीलाई सामान्य औषधी दिने काम भइरहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.