www.tandavnews.com
Fact ~ In search of truth

साउनयता ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण

काठमाडौँ ।
नेपालमा साउन महिनादेखि हालसम्म मात्रै ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म बाग्मती प्रदेशमा सबैभन्दा बढी ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूर पश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जना डेगूंका बिरामी फेला परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

७५ जिल्लामा फैलिसकेको डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा “खोज र नष्ट गर” अभियान सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

Batas

साथै सरकारले भाद्र ९ गतेदेखि ललितपुर स्वास्थ्य कार्यालय तथा महानगरपालिकाका वडाहरुसगँको सहकार्यमा सामूहिक डेंगु अनुसन्धान तथा लार्भा नष्ट कार्य सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.