www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेस हाइड्रोको आईपीओ खुल्यो

काठमाडाैँ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।

बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले कम्पनीको आईपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको सेयरको आवेदन असोज २ गते बन्द हुनेछ । यो समयमा सम्पूर्ण सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदनको म्याद थपिने कम्पनीले बताएको छ ।

Batas

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.