www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा ३७ हजार ८ सय ४९ जना नयाँ मतदाता थपिए

पाेखरा।
कास्कीमा २०७४ मङ्सिरको निर्वाचनपछि हालसम्म  ३७ हजार ८ सय ४९ जना नयाँ मतदाता थपिएका छन् ।

अघिल्लो निर्वाचनमा कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता थिए । यति बेला कास्कीमा २ लाख ९३ हजार ३ सय १ मतदाता पुगेका छन् ।

दाबी विरोधपछि परिष्कृत गर्दा यो अङ्क थोरै मात्र तलमाथि हुन सक्छ । यो मतदाता सङ्ख्या बाहिरी जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएको तथा दोहोरो तथ्याङ्क हटाउने लगायत काम गर्नु अघिको तथ्याङ्क भएको निर्वाचन आयोग गण्डकी प्रदेशका प्रमुख हुमनाथ अधिकारीले बताए।

Batas

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा कास्कीमा २ लाख ८१ हजार ९ सय ४० मतदाता थिए ।

असार १ गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणाको दिनसम्म ११ हजार ३ सय ६१ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।

कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र छन् । १ महानगरपालिका र ४ वटा गाउँपालिका छन् । कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका तथा पोखरा महानगरपालिकामा गरी ७२ वडा छन् । आउँदो निर्वाचनमा कास्कीमा १ सय ५१ मतदानस्थल हुने निर्वाचन कार्यालय गण्डकीका प्रमुख पराजुलीले बताए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.