www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३ मा १५ घरधुरीलाई निस्सा वितरण

पाेखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरेको छ ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले बुधबार १५ जनालाई निस्सा वितरण गरेका हुन्। यो सुरुवाती चरण रहेको र वडाभित्रका सबैलाई निस्सा उपलब्ध गराइने वडाले बताएकाे छ ।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने बरालको भनाइ छ ।

Batas

सरकारले तोकेको समय सीमाभित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदनउपर आवश्यक कारबाही हुने उनले बताए ।

निस्सा वितरण गर्दै उनले लालपुर्जा वितरण प्रक्रियामा रहेको र छिट्टै वितरण गरिने आश्वासन दिए ।

वडाध्यक्ष बरालले वडामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।

पोखरा १३ मा करिब ४०० जना सुकुम्बासी रहेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.