www.tandavnews.com
Fact ~ In search of truth

मनमोहक मुस्ताङको स्याउबारी (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।
हिमालपारीको जिल्लामा मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ । बगानबाट स्याउ टिपेर थुप्रो लगाउन किसानहरु यतिखेर व्यस्त छन् । यो पटक मुस्ताङमा ५ सय ५० हेक्टर स्याउ उत्पादन भएको छ ।

परियोजना कार्यान्वयन इकाइ स्याउ जोन कार्यक्रमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार अघिल्लो वर्षको तुलनामा यो पटक स्याउ उत्पादन बढेको छ । यो पटक उच्च घनत्व प्रजातिको पनि उत्पादन हुन थालेको छ । एकपटक रोपेको विरुवाले ५/६ वर्षपछि मात्र बल्ल उत्पादन दिने गर्छ ।

Batas

उनका अनुसार यो पटक भदौ २५ गतेदेखिबाट स्याउ टिप्न सुरु गरिएकोे हो । यसवर्ष मौसम अनुकुल रहेको र उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती भएकाले मुस्ताङमा स्याउ उत्पादन १५ प्रतिशतले वृद्धि भएको उनले बताए । मुस्ताङमा सबै गरी १५ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।

ती सबै विरुवामा दाना भने लाग्दैन । करिब ५ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीमा स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङ झन्डै १० प्रजातिका स्याउहरु उत्पादन हुने गर्छन् । मुस्ताङको घरपझोङ र वारागुँ मुक्तिक्षेत्र गाउँपालिकामा बढी स्याउ खेती हुन्छ । मुस्ताङका किसानले अहिले बगानबाट प्रतिकिलो ७० देखि एक सय रुपैयाँ स्याउ बिक्री गर्दै आएका छन् ।
तस्विर सौन्जय: नेत्रप्रसाद भट्ट

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.