www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि नेपाल टेलिकमकाे इ–सिम वितरण

काठमाडाैँ।
नेपाल टेलिकमले आजदेखि इ–सिम वितरण सुरु गरेकाे छ । कम्पनीले सुन्धारा काउन्टरबाट ग्राहकहरूलाई निःशुल्क इ–सिम वितरण गरेकाे हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, नयाँ प्रिपेड सिम लिन चाहनेलाई निकट भविष्यमा दिइने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.