www.tandavnews.com
Fact ~ In search of truth

विन्दवासिनीमा नवदुर्गा महोत्सव तयारी

पोखरा।
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्ने सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने उनले बताए। पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ ।

महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ । विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खुला गरिने समितिले जानकारी दिएको छ ।

Batas

धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले बताए।

पछिल्लो समय मन्दिरमा भेटी सङ्कलन कम हुँदै गएको समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिए। आम्दानीको मुख्य स्रोत नै भेटी भएकाले कोरोनाका कारण यसमा ह्रास आएको उनको भनाइ थिायो । कोरोनाभन्दा अघि दैनिक रु एक करोडदेखि डेढ करोड आम्दानी हुने गरेकामा पछिल्लो समय घटेर रु ६० हजारको हाराहारीमा पुगेको थियो ।

भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको थियो । मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.