www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

काठमाडौँ।

नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो ।

पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो । पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए ।

संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो । रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.