www.tandavnews.com
Fact ~ In search of truth

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : अध्यक्ष ओली

काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे।

“यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो संसद्बाट निर्वाचित सरकारले कामका महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ”, उनले भने, “संविधानले परिकल्पना गरेअनुसार संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार, संरचना, प्रदेशको नामकरण गर्ने काम भएको छ ।”

Batas

अध्यक्ष ओलीले भूकम्पपछिको पुन निर्माणको काम राम्रोसँग अघि बढेको उल्लेख गर्दै हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग निर्माणको काम पनि अघि बढेको बताए।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले सम्पन्न गराउन निर्वाचन आयोगले काम गर्नुपर्ने र त्यसका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

“आगामी मङ्सिर ४ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले हुनुपर्छ”, अध्यक्ष ओलीले भने, “निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो, निर्वाचनमा अस्वस्थ तरिकाले भूमिका खेल्न सरकारले मिल्दैन ।” राष्ट्रको आवश्यकतालाई बढी ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ छ ।

नागरिकतासम्बन्धी देखिएका समस्या समाधान गर्नका लागि आफ्नो सरकारको पालामा अध्यादेशबाट समाधान गर्ने प्रयत्न गरेको तर त्यो हुन नसकेको उनले बताए।

पूर्व प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा संसद्बाट पाएको रचनात्मक सहयोगलाई धन्यवाद दिए। साथै उनले देशभर बाढी र पहिरोबाट भएको जनधनको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.