www.tandavnews.com
Fact ~ In search of truth

व्यवसायमा आत्मनिर्भर बनाउने लागि तालिम सम्पन्न

पाेखरा।
रीकाभरिङ् नेपालको आयोजना र सेभ दी चिल्ड्रेनको सहयोगमा शनिबार पोखरा न्यू रोड इनमा राष्ट्रिय सीप प्रशिक्षण समितिका प्रशिक्षक सुभाष सी.एल कर्ण द्वारा पोखरामा भएको लागू औषध उपचार तथा पुनः स्थापना केन्द्र , क्षति न्यूनिकरण , महिला सशक्तिकरण लगायतका विभिन्न १९ वटा संघसंस्थाको प्रतिनिधिहरु लाई व्यापार मा आत्मनिर्भर बनाउनको निमित व्यवसाय सञ्चालन को योजना सम्बन्धि तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा रिकाभरिंग नेपाल गण्डकीका कार्यक्रम संयोजक सुशील गुरुङले यस्तो प्रकार को तालिमले युवाहरूलाइ सकारात्मक ऊर्जा थपिने धारणा राखे ।

आयोजकको तर्फ बाट आफ्नो धारणा राख्दै रिकभरिंग नेपाल गण्डकीका अध्यक्ष विकाश बरुवालले यस्तो प्रकारको तालिमले व्यावसाय मा हुन सक्ने जोखिमको पहिचान गर्न सम्भावना हुने साथै  योजनाबद्ध रूपले गरेको कार्यको प्रतिफल पनि राम्रो आउने कुरा संगै राज्यले पनि युवा , युवतीहरुकोलागि यस्तो प्रकारको आत्मनिर्भरको कार्यक्रम निरन्तर हुन पर्नेमा जोड दिए ।

Batas

कार्यक्रम र तालिम को समापन रिकाभरिङ् नेपाल गण्डकी का अध्यक्ष विकाश बरुवाल क्षेत्रीले गरेका थिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.