www.tandavnews.com
Fact ~ In search of truth

बेनीमा डेङ्गु ‘खोजी र नष्ट अभियान’

गलेश्वर।
म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो ।

म्याग्दीमा सङ्क्रमणको सङ्ख्या १३ जना पुगेको र एक जना डेङ्गु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेका अवस्थामा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

बेनीबजारभित्रका दुवै वडामा आमासमूह, टोल सुधार समिति, नेपाल प्रहरी, युवाक्लब, विद्यालयका विद्यार्थीसहितको टोलीले शनिबार सरसफाइसहितको अभियानमा जुटेका थिए ।

Batas

स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौँको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसमेत गरिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचेक्रयाइँ गर्न नहुने, स्वास्थ्यकर्मीसँग परार्मश नगरी औषधि सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माइकिङसमेत गरिएको छ ।

डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडावडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेङ्गु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस, दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.