www.tandavnews.com
Fact ~ In search of truth

सिमित स्रोत र अधिकार बीच प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्रीपोखरेल

पोखरा।
गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफलभएको बताएका छन् । संविधानदिवस २०७९ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीपोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्तनहुँदा, अधिकार हस्तान्तरण र जनशक्तिव्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी कामहुननसकेको अनुभूतिभएपनिक्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफलभएको बताएकाहुन् ।

उनले भनेका छन्, संविधानमा प्रष्टसँग उल्लेख गरिएकाकतिपयअधिकार प्रदेशमाहस्तान्तरण गर्न ढिलाइ भइरहेको छ । प्रदेश संरचना नै संघीयताको खास पहिचानहो । वित्तीय स्र्रोत पर्याप्त प्राप्तनहुँदा, अधिकार हस्तान्तरण र जनशक्तिव्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी कामहुननसकेको अनुभूतिभएको छ ।

सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्वकायम गरी गरी दीगो विकासकालक्ष्यप्राप्तिकालागि ३ तहकाबीच समन्वय जरुरी रहेको बताए । संविधान सभाबाट नेपालको संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीकालागि ऐतिहासिकहो । लगातार ७दसकको संघर्षबाट नेपालीनागरिकले आफ्नो संविधान लेखनमाप्रत्यक्ष सहभागिताजनाउने अवसर पाएको उनले जनाएका छन् ।

Batas

संविधानकानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो भन्दै उनले यसमा लिपीबद्ध नागरिक अधिकारलाई कार्यान्वयनगर्दै उनीहरुकाआवश्यकताको सम्बोधनकालागिहामीप्रयासरत रहनुपर्ने बताए । यसमाप्रदेश सरकार यसमाक्रियाशीलरहेको पनिउनले उल्लेख गरेका छन् ।

स्वदेश तथाविदेशमा रहनुभएका नेपालीदिदीबहिनीतथादाजुभाइमा संविधानदिवसकाअवसरमाहार्दिक मंगलमयशुभकामनाव्यक्तगर्दै उनले मुलुकमा राजनीतिक परिवर्तका लागिविभिन्न कालखण्डमा भएकाआन्दोलनहरुमाजीवन अर्पण गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ताका परिवारजनमासहानुभूति प्रकट गरेका छन् ।

नेपालको संविधानले मौलिकहकमार्फत् प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनगर्दै आधारभूतआवश्यकतामा सबै नागरिकको पहुँच पु¥याउनकालागि संविधानदिवस २०७९ प्रेरणा दिनेविश्वास उनले व्यक्त गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.