www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवसमा कास्कीमा २१ कैदी रिहा

पोखरा
ताण्डव न्यूज।
संविधान दिवसको अवसरमा जिल्ला कारागार कार्यालय कास्कीबाट २१ जना कैदी रिहा भएका छन् । कारागारका प्रमुख भिमराज कोइरालाका अनुसार २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएका हुन् । रिहा हुने कैदीहरुमा बहुविवाहमा महिला २, पुरुष २, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेको कारागार प्रमुखले जानकारी दिए । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले जेल सजाय काटि रहेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.