www.tandavnews.com
Fact ~ In search of truth

शान्ति मिसनमा साईप्रस रहेका डिएसपी अधिकारी विश्व शान्ति दिवसको सन्देश संवाहक

पाेखरा ।

नेपाल प्रहरीका नायब उपरिक्षक (डिएसपी) मोहन मणि अधिकारीलाई संयुक्त राष्ट्र संघको साईप्रस स्थित शान्ति मिसनले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाईने विश्व शान्ति दिवसको सन्देश संवाहकको रुपमा प्रस्तुत गरेको छ ।

मिसनको आधिकारिक फेसबुक पेज, ट्वीटर र ईन्स्टाग्राममा डिएसपी अधिकारीको तस्बिर र सन्देश सार्वजनिक गर्दै “यस हप्ता विश्व शान्ती दिवस मनाउने तयारी गर्दा, संयुक्त राष्ट्र संघिय प्रहरी अधिकृत मोहनमणि अधिकारीलाई भेट्नुहोस्, जसले नेपालबाट साईप्रस आएर शान्तिका खातिर काम गरिरहनु भएको छ र विविधता र समावेशीकरणको पोषण गर्न उहाँको सन्देश फैलाउन मद्दत गर्नुहोस्। साथै, घृणालाई होइन, बहसलाई उत्तेजित गरौं।“ भन्ने सूचना प्रकाशन गरेको छ ।

Batas

यसले संयुक्त राष्ट्र संघले गरेको विश्व शान्तिको लागि गरेको प्रयासमा नेपाल र नेपाल प्रहरीको भुमिकाको महत्व स्थापित गरेको छ ।

डिएसपी अधिकारी अन्तराष्ट्रिय प्रतिष्पर्धा मार्फत छनोट भई नेपाललाई प्रथम पटक प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको साईप्रस स्थित शान्ति मिसनमा योजना अधिकृतका रुपमा कार्यरत छन् ।

उनले विश्व शान्तिको स्थायित्वको लागि हरेक क्षेत्रमा विविधता र समावेशिकरण महत्वपूर्ण रहेको उल्लेख गर्दै भनेका छन्,  “प्रहरीमा मेरो १२ वर्षको अनुभवमा मैले संगठनको जनशक्तिमा रहेको विविधताले कसरी नवप्रवर्तन र प्रदर्शनलाई बढाउन सक्छ तथा विचार र अभ्यासको समृद्ध गठजोडले संगठनको उध्देश्य प्राप्तिमा कसरी परिणाम दिन्छ भन्ने कुरा बुझेको छु । विविधताको पालनपोषण र यसलाई समावेशी बनाउनु संयुक्त राष्ट्र संघ प्रहरीको संस्कृतिको हिस्सा हो र मेरो कार्यको केन्द्र पनि यही हुनेछ।” 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.