www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदनमा आयोगले वर्षभरि सम्पादन गरेका,सम्पादन गर्नुपर्ने लगायतका कार्यहरूका साथै अनुसरण गर्नुपर्ने कामहरू समेत औँल्याइएको छ ।

Batas

समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा उच्च कर्मचारीका साथै राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.