www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका सांसदलाई १४ गते बिदाइ गरिने

पोखरा ।
नेपाल संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सभाको कार्यकाल सकिएको छ । पहिलो आम निर्वाचनबाट चुनिएका सांसदहरुको कार्यकाल असोज १ गते सकिएको हो । २०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशमा ६० सदस्य निर्वाचित भएका थिए ।

सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको हाे। कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम तय गरेकाे छ।

अहिले गण्डकीमा ५८ जना सांसद छन् । कास्की २ ‘क’ बाट निर्वाचित भएका कृष्णबहादुर थापाले राजीनामा दिएका थिए भने बागलुङ १ ‘क’ बाट निर्वाचित कृष्ण थापालाई पार्टीले कारवाही गरेको थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.