www.tandavnews.com
Fact ~ In search of truth

कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित गर्न सक्दैन : गृहमन्त्री खाण

भैरहवा ।
गृहमन्त्री बालकृष्ण खाणले नेपालले बेला बेलामा ठुलो द्वन्द्व व्यहोर्नु परेको बताउदैँ कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित गर्न नसक्ने बताएका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन गर्दै गृहमन्त्री खाणले नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक भएकाले ठुलो सङ्ख्यामा रहेका हिन्दुले अन्य सम्प्रदायलाई पनि सम्मान गर्नुपर्ने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाणले भने, “रुपन्देहीको विकासले रुपन्देहीको नागरिक तथा उद्योगी व्यवसायीलाई मात्र होइन, समग्र नेपालीलाई प्रतिफल दिन्छ, त्यसैले रुपन्देहीको विकासका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

Batas

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र अन्य एयरलाइन्सलाई यहाँ ल्याउनका लागि प्रयत्न गरिरहेको उनले बताए।

उद्योगी व्यवसायीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले देशभरिका उद्योगी व्यवसायीको सुरक्षामा गम्भीरताका साथ लाग्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिए।रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.