www.tandavnews.com
Fact ~ In search of truth

समानुपातिक सूचीमा आफ्ना पक्षका नेताहरूलाई नसमेटेको भन्दै कोइराला पक्ष असन्तुष्ट

काठमाडौँ ।
नेपाली काँग्रेस संस्थापन इतर पक्षका केही नेताहरूले समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्  ।

नेपाली काँग्रेसका नेता शेखर कोइराला निकट नेताहरूको आज काठमाडौँमा बसेको भेलाले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै  काँग्रेस पार्टी कार्यालय सानेपामा पर्सी एक घण्टा धर्ना दिने निष्कर्ष निकालेको नेता जगदीश्वरनरसिंह केसी बताए।

उनले समानुपातिक सूची सच्चाएर आफ्नो पक्षका नेताहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्न नेतृत्वसँग माग गर्दै माग पुरा नभए विरोधका कार्यक्रम जारी राख्ने बताए। रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.