www.tandavnews.com
Fact ~ In search of truth

नेपाल फार्मेसी संघ गण्डकीले मनायो फार्मेसी दिवस

पोखरा।
नेपाल फार्मेसी संघ गण्डकी प्रदेशको आयोजनामा अन्तराष्ट्रिय फार्मेसी दिवस मनाइएको छ । आइतबार पाेखरामा भएको कार्यक्रममा सम्मान तथा अन्र्तक्रिया गरि मनाइएको हो ।

संस्थाका केन्द्रिय अध्यक्ष अमृत खनालको अतिथीत्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका क्रियाशिल पाँच उत्कृष्टलाई सम्मानित गरिएको थियो ।डा.शुशिल पन्त, भुपेन्द्र कुमार पोडेल, राजेश पोडेल, विपना गिरि र औषधि वितरक संस्था टाइम फर्मास्युटिकल सम्मानित भएका थिए । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष खनालले नेपाल फर्मेसी संघले उठाउदैँ आएका मागमा संसोधित औषधि ऐनमा लागू भएर आउने बताउदैँ उनले अन्य मागहरु पनि विस्तारै सरकारले समेट्दै आउने बताएका थिए ।

कार्यक्रमा गण्डकी मेडिकल कलेजका प्रर्चाय डा. रविन्द्र प्रसाद श्रेष्ठ, सस्थाका केन्द्रिय सदस्य लगाएतले बोलेका थिए ।
संस्थाकी कार्यबाहक अध्यक्ष विन्दु मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव सुवर्नराज पन्तले गरेका थिए ।

 

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.