www.tandavnews.com
Fact ~ In search of truth

सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलको बैठक जारी

काठमाडौँ ।
सत्तारुढ दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँड र क्षेत्रको टुङ्गो लगाउन गठन भएको कार्यदलको बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको कार्यदलको बैठकमा सिट बाँडफाँडको विषयलाई अन्तिम रूप दिने गरी छलफल केन्द्रित रहेको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए।

सत्तारुढ दलबीच चुनावी गठबन्धनका लागि दलहरुबीच सहमति जुटाउन कार्यदलसँगै शीर्ष नेताहरूको समेत उपस्थितिमा गठबन्धन दलहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।

Batas

कार्यदलमा नेपाली काङ्ग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन्।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.