www.tandavnews.com
Fact ~ In search of truth

विश्व पर्यटन दिवसको अवसरमा पर्यटकीय स्थलको खोजी

पाेखरा।
विश्व पर्यटन दिवसको अवसरमा पाेखरामा पदयात्रा गरिएकाे छ । पर्यटकीय स्थलको खोजी गर्न मंगलबार पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ्ग एजेन्सीज एशोशिएसन अफ नेपाल ( टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा सम्पन्न भएको हाे ।

पदयात्राले महानगर भित्र रहेको पर्यटकीय स्थलको खोजी गर्न सहयोग गरेको बताउदैँ पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले आफ्नो क्षेत्रमा लुकेर रहेको स्थलहरुको खोजी गर्नलाई सबैले सहयोग गर्न आग्रह समेत गरे। पदयात्राको उदघाटन गैह्र आवासीय संघका अध्यक्ष रविना थापाले गरेकी थिइन् । पदयात्रामा विभिन्न संघसंस्था तथा नागरिक समाजका प्रतिनिधि लगाएतकाे सहभागी रहेकाे थियाे।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.