www.tandavnews.com
Fact ~ In search of truth

ब्राउन सुगरसहित चार जना पक्राउ

झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई बिर्तामोडबाट र एक जनालाई मेचीनगरबाट पक्राउ गरिएको जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले १३ ग्राम ब्राउन सुगरसहित इलाम माई नगरपालिका २ बस्ने २२ वर्षीय केबिन्द्र गोले, सोही स्थानका २७ वर्षीय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने ३२ वर्षीय सन्त लिम्बूलाई बिर्तामोडको पाथीभरा टोलबाट पक्राउ गरेको थियो भने इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मेची पुलछेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रामेछाप नगरपालिका–८ बस्ने ३० वर्षीय विजय लामालाई हिजो साँझ ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी वसन्त पाठकले जानकारी दिए।

Batas

उनीहरूमाथि अनुसन्धान अघि बढाइएको पनि पाठकले जानकारी दिए। रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.