www.tandavnews.com
Fact ~ In search of truth

करतार कम्पनिको नयाँ सोरुम पोखरामा

पोखरा।
इन्डियन कम्पनि करतारको नयाँ सोरुम पोखरामा सञ्चाालनमा आएको छ । सम्भव इन्टरनेशनल ट्रेडिङ कनसर्न प्रा.लीले करतार कम्पनिका नयाँ ट्रयाक्टर पोखरामा भित्र्याएको हो ।

भारतमा विगत ४२ वर्ष देखिको सफल कम्पनि करतार ट्रयाक्टर अब पोखरामा पनि उपलब्ध हुने भएको छ । यसलाई सम्भव इन्टरनेशनल ट्रेडिङ कन्सर्न प्रा.लीले भित्राएको हो । कम्पनिको सोरुम पोखरा–१४ चाउथेमा रहेको छ ।
१२ वटा अगाडी र १२ वटा पछाडी गरी २१ वटा गियर भएको पिटियो र ग्राउड पिटियो भएको ट्रयाक्टरहरु २ उइल र ४ उइल दुईवटा मोडलमा उपलब्ध छन् ।

४१ सय सिसिको ६० हसपावर रहेको म्यूजिक सिस्टटम सहित अत्याधुनिक सुविधा सहितको ट्रयाक्टर करतार कम्पनिले पाँच महिना अघि बजारमा ल्याएको थियो ।

Batas

विश्व प्रशिद्ध करारो र करतार गियरबक्स भएको ट्रयाक्टर पोखरा भित्र्याएसँगै कम्पनिले दशैँ अफर पनि ल्याएको छ । ग्राहकले हरेक ट्रयाक्टर खरिद गर्दा स्मार्ट फोन, एक वर्ष विमा सवारी विमा, ट्रयाक्टरको हलो, फ्रिज, ३२ इन्जको यालइडि टि.भि मध्य एक प्राप्त गर्न सक्ने छन् ।

पोखराका युवा ब्यवसायीले सञ्चालनमा ल्याएको सम्भव इन्टरनेशनल कनसर्न प्रा.लीले अडर भए अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा करतारका ट्रयाक्टरहरु उपलब्ध गराउने कम्पनिका सिइयो राम लम्सालले बताए ।
कम्पनि सञ्चालनमा आएको छोटो समयमै करतारको ट्रयाक्टर अडर उल्लेखेनिय रहेको लम्सालले जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.