www.tandavnews.com
Fact ~ In search of truth

एमालेद्धारा असोज १५ मा शुभकामना तथा चियापान कार्यक्रम

पोखरा ।

नेकपा (एमाले) जिल्ला कमिटि कास्कीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने भएको छ ।

विजयादशमी, दिपावली, छठ, ईद एवं नेपाल सम्वत् ११४३ को अवसरमा शुभकमाना आदानप्रदान एवं चियापान कार्यक्रम असोज १५ गते(शनिबार) राखिएको नेकपा एमाले जिल्ला कमिटि कास्कीका उपसचिव एवं प्रचारप्रसार तथा प्रकाशन विभाग संयोजक दर्शन लामाले जानकारी दिए ।

Batas

पोखरा सभागृहमा बिहान ७ः३० बजे हुने उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको संयोजक लामाले बताए । कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण कस्केलीलाई आह्वान गरिएको उनले बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.