www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पर्यटकको सख्या बढ्दा पर्यटन व्यवसायी उत्साहित

पाेखरा।
पर्यटकीय सिजन सुरु भएसँगै  पोखराका होटल तथा रेष्टुराहरुमा पर्यटकहरूको घुँईचो लाग्न थालेको छ । सेप्टेम्बर महिनाको सुरुवातसँगै दैनिक २५ प्रतिशत पर्यटकहरको पोखरामा आगमन हुन थालेको छ ।

दसैँ तिहार छठ जस्ता चार्ड पर्वहरू नजिकिए सँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुको सख्या बढ्न थालेको छ । दुई वर्ष सम्म कोरोना महामारी रहेको पर्यटन क्षेत्र यो सिजनमा केही सुधार हुने आशा देखिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पोखरा जोड्ने पृथ्वी राजमार्ग र नारायणगढ मुग्लीन सडक मर्मतका कार्य जारी छ । यस  कारण धेरै भारतीय पोखरा घुम्न आउन र मुक्तिनाथ दर्शनको लागी समस्या पर्ने गरेको भारतीय पर्यटक प्रह्लाद सावनतले बताए ।

Batas

२०१९ को भन्दा पर्यटक आउने दर तथा होटलहरु मा आउने सोध पुछ  कमी भए पनि विस्तार दैनिक रुपमा इन्क्वारीहरु बढेको छ । तर   नेपालमा अन्य मुलुक वाट आउँदा   लाग्ने हवाई शुल्क धेरै महँगो भएको कारण पर्यटकहरुको सख्या कमी भएको हुन सक्ने होटल रानीवन आर्किट सञ्चालक  पर्यटन व्यवसायी हरि भुजेलले बताए।

राम्रो मौसम सुरुवात हुन लागे सँगै दैनिक २ सय  पर्यटक  अन्नपूर्ण पदमार्ग तिर लाग्न थालेका छन् । यो पदमार्गमा मुख्य सिजनमा दैनिक तीन सय ५० भन्दा बढी विदेशी पर्यटक आउने गर्छन् । यो सिजनमा कोभिड भन्दा अगाडी ५० प्रतिशत सम्म होटल हरुको अकुपेन्सी रहने गरेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.