www.tandavnews.com
Fact ~ In search of truth

मौसमी कामदारको रुपमा वैदेशिक रोजगारमा नजानु : माछापुच्छ्रे गाउँपालिका

पोखरा।
कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले मौसमी कामदारको रुपमा वैदेशिक रोजगारीमा नजान पालिका वासिलाई आग्रह गरेको छ । पालिकाले कुनै पनि वैदेशिक पालिकासँग भगिनि सम्बन्ध नरहेको स्पष्ट पार्दै मौसमी कामदारको रुपमा विदेश नजान आग्रह गरेको हो ।

पालिका अध्यक्ष मिन बहादुर गुरुङले बिहिबार विज्ञप्ति जारि गर्दै कुनै पनि वैदेशिक पालिकासँग भगिनी सम्बन्ध नरहेको एवं कामदार आदान–प्रदान गर्ने लगाएतका विषयमा कुरा नभएको जानकारि दिएका छन् । साथै उनले अघिल्लो सरकारले गरेका गतिविधिमा हालको सरकार जिम्मेवार नरहेको समेत बताएका छन् ।

‘विगतमा कोरिया पठाइएका मौसमी कामदारको सन्दर्भलाई जोडि नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एव्म वडा अध्यक्षहरुलाई लक्षित गरि विभिन्न सामाजिक सञ्जाल मार्फत प्रेषित भ्रमपूर्ण र कपोकल्पित टिप्पणीहरु प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ ।’ विज्ञप्ति भनिएको छ ।

Batas

विज्ञप्तिः

No description available.

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.